एनपीएल ट्रफी टुर सुदूरपश्चिममा,क्यानका अध्यक्ष चन्दले गरे सुरुवात
कैलाली । नेपाल प्रिमियर लिग एनपीएलको ट्रफी टुर सुदूरपश्चिममा सुरु भएको छ।
कैलालीको टीकापुर स्थित पर्यटकीय स्थल टीकापुर पार्कबाट आज ट्रफी टुरको सुरुवात गरिएको हो ।
ट्रफी टुरको सुरुवात गर्दै नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटका कारण नेपाललाई विश्वभर चिनाएको बताउँदै क्रिकेटलाई माया गर्न आग्रह गर्नुभएको छ ।
उहाँले सुदूरपश्चिम क्रिकेटको उर्वर भूमि भएकाले यो ट्रफी टुरलाई सफल बनाउन सबैले सहयोग गर्नेमा आफू आसावादी भएको बताउनुभयो ।
सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले ट्रफी टुरमा सहभागिता जनाउन सबैलाई आग्रह गर्दै गएको वर्ष दोस्रो भएकोमा यस वर्ष सुदूरपश्चिम रोयल्स प्रथम हुने आसाका साथ मैदानमा उत्रिने बताउनुभयो ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो चरणको ट्रफी टुर सुदूरपश्चिममा कैलालीको टीकापुरबाट सुरु हुनु टीकापुरका लागि गौरवको विषय भएको बताउँदै ट्रफी टुर सफल बनाउन सहयोग गर्ने बताउनुभयो ।
कैलालीको टीकापुर पार्कबाट सुरु भएको ट्रफी टुर पहिलो दिन टीकापुर बजार हुँदै, कैलालीको चिसापानी, लम्की, बौनिया, सुख्खड, मसुरीया, चौमाला, अत्तरिया हुँदै कञ्चनपुरको महेन्द्रनगर पुग्ने र दोस्रो दिन कैलालीको धनगढी अत्तरिया लगायतका स्थानमा ट्रफी टुरको र्याली निकालिने सुदूरपश्चिम रोयल्सले जानकारी दिएको छ ।
विभिन्न स्थानमा पुगेर स्थानीय समर्थकहरूसँग भेटघाट गर्ने र प्रतियोगिताको उत्साह बाँड्ने ट्रफी टुरको उद्देश्य रहेकोले यो टुरमा क्रिकेट प्रेमीहरूको सक्रिय सहभागिता रहनेमा आफू आसावादी रहेको सुदूरपश्चिम रोयल्सले बताएको छ ।
ट्रफी टुरको सुरुवात गर्ने क्रममा स्थानीयहरूले थारु संस्कृति झल्किने किसिमका विभिन्न झाँकीहरू समेत प्रदर्शन गरिएका थिए ।
सुदूरपश्चिम रोयल्स यस वर्ष पनि गत सिजनका मार्की तथा कप्तान दीपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदानमा उत्रिनेछ ।
एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ देखि सुरु हुँदै छ ।
ताजा अपडेट
- च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
- पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध
- धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि
- कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया
- इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
- घरजग्गा कारोबारः कुन महिनामा कति उठ्यो राजस्व
- बसही खोलाको पुल निर्माणमा वर्षौंको ढिलाइ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया