काठमाडौं:नेपाल प्रिमियर लिग एनपीएल हेर्न गएका दर्शकको सुविधाका लागि काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरिने भएको छ। नेपाल क्रिकेट संघ क्यान र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा क्रिकेट खेल हेरेर घर फर्किने दर्शकको सुविधाका लागि निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एनपीएलका खेल हेर्न गएका महिला, वृद्ध र अशक्तका लागि साँझ ६ बजेदेखि राति ८ बजेसम्म बस सञ्चालन गर्न लागिएको हो। निशुल्क बस सञ्चालनका लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरिएको क्यानले जनाएको छ।
बस सञ्चालनका लागि चार वटा रुट निर्धारण गरिएको छ। सबै रुटमा त्रिवि गेटबाट बस छुट्ने छ। पहिलो रुटको बस त्रिवि गेट–स्वयम्भू र बालाजु जानेछ। यस्तै दोस्रो रूट त्रिवि गेट–स्वयम्भू–बालाजु हुँदै महाराजगञ्ज पुग्नेछ। यसैगरी तेस्रो रूट त्रिवि गेट–बल्खु–कालिमाटी–थापाथली–बानेश्वर–तीनकुने–गौशाला हुँदै चाबहिलसम्म पुग्नेछ। यस्तै चौथो रूट त्रिवि गेट–बल्खु– सानेपा– एकान्तकुना–सातदोबाटो हुँदै कोटेश्वरसम्म पुग्नेछ।
एनपीएलको दोस्रो संस्करण मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स र लुम्बिनी लायन्स
छन्। हरेक टोलीले सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन्।
ताजा अपडेट
- सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
- बुधबारदेखि वर्षा कम हुने
- सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने
- ‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस
- खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु
- च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
- पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध
- धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया