काठमाडौं ।
एशिया कप टी–२० क्रिकेटको सुपर ४ को अन्तिम खेलमा भारतले श्रीलङ्कालाई सुपर ओभरमा हराएको छ । गएराति यूएईको दुवईमा भएको खेल सुपर ओभरमा पुगेको थियो । जीतका लागि मात्र तीन रन पाएको भारत पहिलो बलमै विजयी भयो ।
वानिन्दु हसरंगाको पहिलो बलमा भारतका सूर्यकुमार यादवले तीन रन जोडे । त्यसअघि दुई सय तीन रनको लक्ष्य पछ्याएको श्रीलङ्काले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय दुई रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम ओभरमा श्रीलङ्कालाई १२ रन चाहिएको थियो ।
तर ११ रन मात्रै जोडेपछि सुपर ओभर पुगेको खेलमा श्रीलङ्का पराजित हुन पुग्यो । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय दुई रन बनाएको थियो । एशिया कप क्रिकेटको उपाधिका लागि भोलि भारत र पाकिस्तानले खेल्दैछन् ।
ताजा अपडेट
- च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
- पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध
- धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि
- कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया
- इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
- घरजग्गा कारोबारः कुन महिनामा कति उठ्यो राजस्व
- बसही खोलाको पुल निर्माणमा वर्षौंको ढिलाइ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया