ललितपुर, ३० फागुनः महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको काठमाडौँ पिंक केयराथन आज जावलाखेलस्थित फुटबल मैदानमा सम्पन्न भएको छ । लेजरपोर्ट नेपालद्वारा आयोजित सो दौड प्रतियोगिताको २१.१ किलोमिटर हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ (नेपाल रन, धादिङ) पहिलो हुनुभएको छ । यस्तै, राज्यलक्ष्मी रावल (नेपाल आर्मी) दोस्रो र सरस्वती भट्टराई (नेपाल आर्मी) तेस्रो हुनुभएको छ । आज बिहान छ बजे जुम्बा सत्रबाट सुरु भई त्यसपछि विभिन्न दूरीका दौड प्रतियोगिता सञ्चालन गरिएको थियो । कार्यक्रममा २१.१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटर दौड तथा ५ र ३ किलोमिटरका फन रन समावेश गरिएको थियो । दश किलोमिटर दौडतर्फ निर्मला केसी (नेपाल आर्मी) पहिलो, आशा राउत (सशस्त्र प्रहरी) दोस्रो र सुमित्रा चौधरी (नेपाल प्रहरी) तेस्रो हुनुभयो । हाफ म्याराथनका विजेतालाई क्रमश रु ५१ हजार, रु ३१ हजार र रु २१ हजार नगद पुरस्कार प्रदान गरिएको संस्थाका अध्यक्ष नमराज जोशीले बताउनुभयो । त्यसैगरी १० किलोमिटर दौडका विजेतालाई रु ३१ हजार, रु २१ हजार र रु ११ हजार नगद पुरस्कारसहित विभिन्न उपहार प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा भारतको मुम्बईका गायक जनिष्ट जोशीले सांगीतिक प्रस्तुति दिनुभएको थियो । अध्यक्ष जोशीका अनुसार सन् २०१७ देखि निरन्तर आयोजना हुँदै आएको उक्त कार्यक्रममा यस वर्ष एक हजारभन्दा बढीको सहभागिता रहेको छ । —
ताजा अपडेट
- सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
- बुधबारदेखि वर्षा कम हुने
- सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने
- ‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस
- खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु
- च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
- पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध
- धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया