प्रधानमन्त्री कपः सुदृरपश्चिम १२ रनले विजयी
वीरगञ्ज (पर्सा), १६ चैतः प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत आजको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको छ ।
आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले ४५ दशमलव ४ ओभरमा १० विकेटको क्षति व्यहोर्दै १६८ रन गराएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी प्रदेशले ४० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा सीमित भएको थियो । सुदूरपश्चिमको तर्फबाट दीपक बोहराले ३० रन, हेमन्त धामीले २९ रन र किरण ठगुन्नाले १९ रन जोडेका थिए ।
त्यस्तै लुम्बिनीको तर्फबाट सन्तोष यादव र अजय चौहानले सामान ४–४ विकेट लिएका थिए । लुम्बिनीको तर्फबाट सन्तोष यादवले ६७ रन र ध्रुव सुनारले ३६ रन जोडेका थिए ।
सुदूरपश्चिमका शेर मल्ल र खडक बोहराले समान ३–३ विकेट लिएका थिए । यसैगरि सुदूरपश्चिमका हेमन्त धामीले पनि २ विकेट लिएका थिए ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया