क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान
काठमाडौँ, ४ जेठः नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले तीन विकेट लिएपछि उक्त कीर्तिमानलाई तोडेका हुन् । स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले आज जर्ज मुन्सी, ब्रान्डन मकमलेन र म्याथ्यु क्रसको विकेट लिएका थिए ।
सन्दीपले एकदिवसीय ७३ खेलमा १५० विकेट लिन सफल भए । स्टार्कले यो उपलब्धि ७७ खेलमा पूरा गरेका थिए ।
ताजा अपडेट
- शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ
- जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
- पशुपति क्षेत्रमा सरसफाइ
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
- ‘शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’
- जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने
- बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
- आँखा अस्पतालमा बिरामी बढे
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया