काठमाडाैं । करिब ५ हजार धावकले प्रतिष्पर्धा गर्ने काठमाडौं म्याराथनको १७ औं संस्करण आगामी कात्तिकमा हुने भएको छ ।
एनआरएस स्पोटर्स फाउण्डेसनले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौं म्यारानको आगामी संस्करणको कात्तिक १ गते हुने जनाएको हो । नेपालको सबै भन्दा पुरानो काठमाडौं म्याराथन सन् २००७ देखि शुरु भएको थियो । पत्रकार सम्मेलनमा काठमाडौं म्याराथन र मुख्य प्रायोजक सिद्धार्थ बैंकबीच सहकार्यका लागि सम्झौता पनि भएको छ । एनआरएस स्पोटर्स फाउण्डेसनका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ र सिद्धार्थ बैंकका मार्केटिङ प्रमुख सुरेशराज महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यो सम्झौता तीन वर्षका लागि भए पनि सहकार्यको अवधि बढ्न सक्ने बताइएको छ । फाउण्डेसनका अध्यक्ष श्रेष्ठले म्याराथन आयोजना गर्नका लागि धेरै कठिन भएको र यस किसिमको आयोजनाले नेपालको पर्यटनमा समेत ठूलो सहयोग पुग्ने बताएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक सुनिल शर्माले काठमाडौं म्याराथन जस्ता आयोजनालाई विश्व व्यापी बनाउन सहयोग गर्नुपर्ने औंल्याउँदै यस किसिमका म्याराथनले पर्यटन विकासमा पनि ठूलो टेवा पुर्याउने आशा व्यक्त गरेका छन् ।
१७ औं संस्करणमा कुल १३ वटा फरकफरक विधामा प्रतिष्पर्धा हुने भएका छन् । मुख्य विधाका विजेताहरूले पुरस्कार पनि पाउने भएका छन् । यसपल्ट करिब ५ हजार धावक काठमाडौं म्याराथनमा दौडिने आयोजकले अपेक्षा गरेकाे हाे।
ताजा अपडेट
- च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
- पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध
- धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि
- कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया
- इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
- घरजग्गा कारोबारः कुन महिनामा कति उठ्यो राजस्व
- बसही खोलाको पुल निर्माणमा वर्षौंको ढिलाइ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया