बाढी प्रभावित क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीका सामग्रीहरूमा क्षति पुगेको र त्यसको राहतस्वरुप जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि आजको बैठकले गरेको छ। यसैगरी रसुवा बाढीले पुर्याएको क्षतिको आर्थिक राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ४० करोड प्रदान गर्ने समेत निर्णय गरिएको छ ।
रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ राहत
१७ भदौ, काठमाडौं । रसुवा भोटेकोशी-त्रिशूली बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई राहत रकम उपलब्ध गराइने भएको
आईजीपी दानबहादुर कार्कीको अध्यक्षतामा बसेको प्रहरीको नीति निर्माण समितिको बैठकले बाढीमा ज्यान गुमाएका प्रहरीका प्रतिपरिवार १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।
त्यस्तै बैठकले सम्पर्कविहीन प्रहरीको खोजी थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ। बाढीमा परी हालसम्म फेला पर्न नसेकका प्रहरी कर्मचारीहरूको खोजीको लागि परिवारका सदस्यहरूको सम्पर्क एवम् समन्वयमा विशेषज्ञ सहितको टोली परिचालन गरी सक्रियताका साथ खोजतलासलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ ।
त्यस्तै ज्यान गुमाएका प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने, उनीहरूको परिवारबाट इच्छुक १ जनालाई सीपमूलक तालिम प्रदान गर्ने साथै रोजगारीको लागि आवश्यक पहल गर्ने, उनीहरूका सन्ततिहरूलाई शैक्षिक वृत्ति अन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने बैठकमा निर्णय गरिएको छ ।
ताजा अपडेट
- रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ राहत
- राजमार्ग सहज नहुन्जेल हवाई भाडा नबढ्ने
- रसुवा बाढी : यसरी आइरहेको छ विदेशबाट सहयोग सामग्री
- रसुवा बाढी : बगेर भारत पुगेका नौ शव नेपाल ल्याइयो
- बैतडीमा जिप दुर्घटना हुँदा ७ जना घाइते
- प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तको डीएनए प्रोफाइलिङ सुरु
- श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव
- हामी भनिरहेका छौं- सरकारको साथमा छौं, सरकार भन्छ- हाम्रो मर्जीले गर्छाैं
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया