१७ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशीमा एक्कासि आएको विनाशकारी बाढीबाट तहसनहस भएको क्षेत्रको अहिले पनि खोज तथा उद्धारको काम जारी रहेको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै बाह्य देशका उद्धारकहरूको समेत सहयोग र समन्वयमा अहिले काम भइरहेको छ । बाढी गएको एक साता बित्दा पनि टनेलको खोज तथा उद्धारमा भने समस्या आइरहेको छ ।
अहिले निकै जोखिमपूर्ण र कठिन देखिएका यी टनेलहरूमा बाह्य देशका उद्धारकर्ताहरूको समेत सहयोगमा नेपाली सेनाले काम गरिरहेको छ । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार बुधबार बिहान ११ बजेसम्मको अवस्थामा रसुवागढी हाइड्रोमा करिब १५० मिटरभित्र उद्धार टोली पुगेको छ । ठूला चट्टानहरूका कारण भित्र जान नसकेकाले अहिले पुन: खोज उद्धारको काम भइरहेको सेनाले जनाएको छ ।
त्यस्तै लाङटाङ हाइड्रोमा पनि विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरेर काम गरिरहेको छ । चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले खोज उद्धारको काम गरिरहेको सेनाले बताएको छ ।
माथिल्लो त्रिशूली १ हाँकुमा नेपाली सेनाको टोलीले खोज तथा उद्धारको काम गरिरहेको छ । त्रिशूली–थ्री ए मा नेपाली सेनासहित ९३ जनाको संयुक्त टोलीले ३ वटा स्काभेटर, १ वटा बबक्याटको सहयोगमा माटो पन्छाउने काम भइरहेको सेनाले बताएको छ । त्यस्तै कम्प्रेस मेसिन, ब्रेकर तथा ब्लास्टिङ कार्य गरेपछि टनेलको आउटलेट भेटिएको छ । वर्षाका कारण राति जमेको करिब १.५ मिटर पानीलाई पम्पद्वारा फाल्ने काम भइरहेको छ ।
त्रिशूली–थ्री बीमा नेपाली सेनाका ६१ जना, गैरसैनिक ३ जना र आयोजनाको प्रबन्ध निर्देशकसहितको उद्धार टोलीले काम गरिरहेको छ । यो टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्साभेटरबाट बाटो बनाउने काम गरेको जंगी अड्डाले बताएको छ ।
साभार : अनलाइनखबर
ताजा अपडेट
- रसुवा बाढी : टनेलमा कसरी भइरहेको छ काम
- उद्धारमा सेना परिचालन भयो, जनपरिचालन भएन : प्रचण्ड
- काठमाडौं उपत्यकामा ठूला होटल, रेस्टुरेन्टसहित व्यवसायीलाई ग्यास नदिइने, घरायसी ग्राहकलाई प्राथमिकता
- कांग्रेसको आरोप– सरकार फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो
- विपद्मा उपलब्ध क्षमतामा मात्रै सरकार सीमित हुनु हुँदैन : रास्वपा
- बाढी र हिलो-माटो छिरेको सुरुङ खोल्ने विशेषज्ञता हामी मात्र होइन अन्य मुलुकसँग पनि छैन : प्रधानमन्त्री
- चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी सहसचिव शर्मालाई
- ग्यास सिलिन्डर ढुवानीबारे मकवानपुर सीडीओ कार्यालयमा छलफल जारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया