१७ भदौ, काठमाडौं । तमु धिं युकेले भोटेकोशी तथा त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ ।तमु धिं युकेले लन्डनको केम्पटन पार्क रेसकोर्समा आयोजित १७औं नेपाली मेलामा संकलित रकम र त्यसमा थप गरेर एक करोड एक हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोश उद्दार कोषमा प्रदान गर्ने निर्णय गरेको उपाध्यक्ष कमल कोन्हे गुरुङले जानकारी दिए ।
मंगलबार साँझ बसेको १३औँ कार्यसमितिको आकस्मिक बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।हरेक वर्ष नेपाली मेला गर्छौं । यहाँ नेपालीहरुको आआफ्नो संगठनहरु छन्। सबैलाई समेटेर नेपाली तमु धिं युकेले मेला गर्छ । यसपटकको मेलाबाट उठेको ४० हजार पाउण्डस्ट्रलिङ संकलन भएको थियो । त्यसमा थप गरेर एक करोड एक हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हौं,’ उनले भने ।
तमु धिं युकेको गुडविल एम्बासडर कराँते खेलाडी एरिका गुरुङ छिन्। उनै एरिकाले संस्थाले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै पीडितको घाउमा मलम लगाउने प्रयास गरेको बताइन् ।
नेपालमा प्राकृतिक विपत्तिका कारण देश नै पीडामा रहेको अवस्थामा, तमु धिं यूकेले विगतमा झैँ यसपटक पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै पीडित नेपालीहरूको घाउमा मलम लगाउने मानवीय प्रयास गरेको छ,’ उनले लेखेकी छन् ।‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ आयोजना गरिएको मेलामा १० हजार बढी नेपालीले अवलोकन गरेका थिए।
साभार : अनलाइनखबर
ताजा अपडेट
- बाढी प्रभावितलाई तमु धिं युकेको एक करोड
- रसुवा बाढी : टनेलमा कसरी भइरहेको छ काम
- उद्धारमा सेना परिचालन भयो, जनपरिचालन भएन : प्रचण्ड
- काठमाडौं उपत्यकामा ठूला होटल, रेस्टुरेन्टसहित व्यवसायीलाई ग्यास नदिइने, घरायसी ग्राहकलाई प्राथमिकता
- कांग्रेसको आरोप– सरकार फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो
- विपद्मा उपलब्ध क्षमतामा मात्रै सरकार सीमित हुनु हुँदैन : रास्वपा
- बाढी र हिलो-माटो छिरेको सुरुङ खोल्ने विशेषज्ञता हामी मात्र होइन अन्य मुलुकसँग पनि छैन : प्रधानमन्त्री
- चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी सहसचिव शर्मालाई
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया