‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल
काठमाडौँ । महाकाव्यकार डा नवराज लम्सालको महाकाव्य ‘कल्प’केन्द्रित प्रस्तुति ‘काव्य साँझः कल्प’ सम्पन्न भएको छ । ए क्युब प्रमोसनद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा डा लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’का हरफहरू सुनाइरहँदा डा निरञ्जन भण्डारीले बाँसुरीमा साथ दिएका थ्उि। डा भण्डारी ललित कला क्याम्पसका बाँसुरीका प्राध्यापक हुन् ।
कल्प महाकाव्य प्रकृति, संस्कृति र मानवताको त्रिवेणी मानिन्छ । वैश्विक चेतनाको भविष्यमुखी महाकाव्य मानिएको कल्पका हरफहरूसँग दर्शकहरू झुमेका थिए । डा लम्सालले केही काव्यका र केही निजी सन्दर्भहरू सुनाइरहँदा दर्शकदीर्घा निकै रोमाञ्चित भएको थियो ।
यसरी बाँसुरीसहित महाकाव्य लिएर डा लम्साल मञ्चमा पहिलोपटक प्रस्तुत भएका हुन् । आफैँ पनि लामो समय रेडियो प्रसारणमा बिताउनुभएका डा लम्सालले कविता वाचन गरिरहँदा धेरैले उनलाई रेडियो नेपाल र बिबिसीमा सुनेका ती दिनहरूको याद गरे ।
ललितपुरको झम्सिखेलस्थित मोक्षमा आयोजित काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवाहरूसँगै विभिन्न पेसा र व्यवसायका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । साहित्यकार डा लम्साल साहित्य र आधुनिक सञ्चारका अगुवा मानिन्छन् । उनका चार महाकाव्यसहित १० पुस्तक प्रकाशित छन् ।
ताजा अपडेट
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
- बालबालिकामा कुष्ठरोगको सङ्क्रमण बढ्दो: १६ जिल्ला अझै उच्च जोखिममा
- ट्रम्पको प्राथमिकतामा इरानसँगको कुटनीति: आणविक हतियार रोक्ने अडान यथावत
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया