मङ्सिरमा प्रदर्शनमा आएका चलचित्रको व्यापार कमजोर
काठमाडौँ । गत असोज र कात्तिकमा उत्साहजनक देखिएको नेपाली चलचित्रको व्यापार मङ्सिरमा भने कमजोर देखिएको छ ।
चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ मा पुस ५ गतेसम्म रहेको तथ्याङ्कअनुसार मङ्सिरमा प्रदर्शन भएका चलचित्रको व्यापार सुखद छैन । मङ्सिर १२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘हर्ष’ ले गत पुस ५ गतेसम्म रु २८ लाख ७८ हजार ५३६ मात्र कमाइ गरेको छ ।
एकता पौडेलले निर्देशन गरेको चलचित्र हर्षका लागि जम्मा आठ हजार ८६६ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारले अभिनय गरेका छन् ।
मङ्सिर १८ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘अभिमन्यू’ ले सोही अवधिसम्म रु २१ लाख ४८ हजार ७०२ कमाइ गरेको छ । सुशान्त गौतमले निर्देशन गरेको उक्त चलचित्रको छ हजार ८५० वटा टिकट बिक्री भएका छन् ।
चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी लगायतका कलाकारले अभिनय गरे । ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो ऐतिहासिक सफल चलचित्र निर्माण गरेका निर्माता विनोद पौडेलले निर्माण गरेको दोस्रो चलचित्र व्यावसायिक रूपमा असफल देखिएको छ ।
मङ्सिर २६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘पीआर’ ले सोहि अवधिमा रु छ लाख ६८ हजार ६३३ कमाइ गरेको छ । उक्त चलचित्रको कूल दुई हजार १०९ वटा टिकट बिक्री भएका छन् । शोभित बस्नेतले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।
मङ्सिर २६ मा प्रदर्शन भएको चलचित्र ‘लोकन्ती’ ले रु चार लाख एक हजार ३४० र ‘चिराग’ ले रु ६८ हजार ४५० कमाइ गरेको तथ्याङ्क ‘सिनेपा २ बक्सअफिस’ मा उल्लेख छ । उल्लेखित कमाइ गएको पुस ५ गते बेलुकी ११ः५९ मिनेटसम्म नेपालभर भएको हो ।
“विगतलाई हेर्दा पनि मङ्सिर र पुसमा प्रदर्शन भएका चलचित्रले व्यावसायिक रूपमा नयाँ रेकर्ड बनाउने गरेका छैनन् । यद्यपि माघदेखिको समय भने राम्रो मानिन्छ । किनकि चिसो कम हुने भएकाले नेपाली चलचित्रका निर्माताले उक्त समयलाई चलचित्र प्रदर्शन गर्न उपयुक्त मान्ने गरेका छन् । यद्यपि, कथावस्तुले आकर्षित गरे चलचित्रको व्यापार आफैँ बढ्छ”, वितरक श्रेष्ठले भने।
ताजा अपडेट
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
- बालबालिकामा कुष्ठरोगको सङ्क्रमण बढ्दो: १६ जिल्ला अझै उच्च जोखिममा
- ट्रम्पको प्राथमिकतामा इरानसँगको कुटनीति: आणविक हतियार रोक्ने अडान यथावत
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया