Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठखेलकुदएनपिएल: सुदूरपश्चिमकाे चाैथाे जित

एनपिएल: सुदूरपश्चिमकाे चाैथाे जित


काठमाडौं,११ मंसिर
साविक उपविजेता सुदूरपश्चिम राेयल्स लगातार चाैथाे जितसहित राजधानीमा जारी दाेस्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटकाे प्लेअफ नजिक पुगेको छ।
चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि ७ विकेटको जित निकाल्याे।
जितका लागि पाएकाे १४४ रनकाे लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे ।
जसमा ओपनर ब्याटर विनाेद भण्डारीले अर्धशतकीय पारी खेल्दै अविजित ६९ र आरिफ शेखले ३७ रन जाेडे। ३९ रन जाेड्दा २ विकेट गुमाएको अवस्थाबाट सुदूरपश्चिमका विनाेद र शेखले ९९ रनकाे साझेदारी गर्दै जित दिलाए । विनाेद प्लेयर अफ द म्याच समेत चुनिए ।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा १४३ रनमा अलआउट भयाे।
जसमा कप्तान राेहित पाैडेलले सर्वाधिक ३५ र दिलिप नाथले ३१ रनकाे याेगदान गरे।
बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बाेहराले ३,हर्मित सिंहले ३, हेमन्त धामीले २ विकेट झारे।
दिपेन्द्रसिंह ऐरीकाे कप्तानीमा रहेकाे सुदूरपश्चिम लगातार चाैथाे जित निकालेर ८ अंकका साथ शिर्ष स्थानमा छ।
राेहित कुमार पाैडेलकाे कप्तानीमा रहेको लुम्बिनीले भने
चारमध्ये १ खेल मात्रै जितेकाे छ। दुई अंक जाेडेकाे लुम्बिनी छैटौं स्थानमा छ।
लुम्बिनीले प्लेअफमा पुग्न बाँकी रहेका ३ खेल जित्नैपर्ने दबाब पनि बढेको छ



तपाईको प्रतिक्रिया