एनपिएल: लुम्बिनी र पाेखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौं,१३ मंसिर
राजधानीमा जारी दाेस्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन्।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलाे खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपरान्ह ४ बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम राेयल्स खेल्नेछन् ।
राेहित पाैडेलकाे कप्तानीमा रहेकाे लुम्बिनी चारमध्ये एक र कुशल भुर्तेलकाे कप्तानीमा रहेकाे पाेखराले तीन खेलबाट एक खेल नै जितेकाे छ।
लुम्बिनी अंकतालिकाकाे साताैं र पाेखरा छैटौं स्थानमा छ। प्लेअफकाे सम्भावना जीवितै राख्न दुबै टाेलीलाई याे खेल जित्नुपर्ने अवस्था छ।
यस्तै अपरान्ह हुने दाेस्राे खेलमा जनकपुरले सुदूरपश्चिमकाे सामना गर्नेछ।
तीन खेल खेलेर अंकविहीन अवस्थामा रहेकाे जनकपुर आजकाे जित निकाल्दै पहिलाे जित निकाल्ने लक्ष्यमा छ। अंकतालिकाकाे पुछारमा रहेकाे जनकपुरले याे खेल नजिते प्लेअफ दाैडबाट बाहिरिने सम्भावना छ।
यता अपराजित रहेकाे सुदूरपश्चिम भने चारवटै खेल जितेर अंकतालिकाकाे पहिलाे स्थानमा छ।
आजकाे खेल जितेर सुदूरपश्चिम प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ । यसका साथै गत संस्करणकाे फाइनलमा जनकपुरसँग हारेकाे बदला समेत लिने दाउमा सुदूरपश्चिम रहनेछ ।
याे खेल निकै राेमाञ्चक हुने अनुमान गरिएको छ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया