Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठखेलकुदएनपिएल: फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर भिड्ने

एनपिएल: फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर भिड्ने


काठमाडौं,२३मंसिर: राजधानीमा जारी दाेस्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पहिलाे क्वालिफायर खेल हुनेछ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा अपरान्ह ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम राेयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् ।
सुदूरपश्चिम अंकतालिकाकाे शिर्ष र विराटनगर दाेस्राे स्थानमा पुगेर पहिलाे क्वालिफायर खेल्ने पक्का गरेका हुन्।
सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेकाे थियाे।
सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भाेग्नुपरेकाे थियाे।
विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हाे।
आज जित्ने टाेली सिधै फाइनल पुग्नेछ । पराजित टाेली इलिमिनेटर खेल्ने माैका पाउनेछ ।



तपाईको प्रतिक्रिया