Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारनिर्वाचन तयारीबारे सिंहदरबारमा सर्वपक्षीय छलफल सुरु

निर्वाचन तयारीबारे सिंहदरबारमा सर्वपक्षीय छलफल सुरु


काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल सिंहदरबारमा शुरु भएको छ ।

अगामी २१ फागुनलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा  प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सुरु भएको छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगले प्रस्तुतीकरण दिइरहेका छन्।

छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्रीहरु, प्रमुख राजनीतिक दलका तल्लो तहका नेताहरु तथा निर्वाचन आयोगका पदाधिकारी समेत सहभागी छन् । प्रमुख दुई राजनीतिक दलहरु नेकपा (एमाले) र नेपाली कांग्रेसले संसद पुनःस्थापनाको माग गर्दै आएको छ । केही जेन–जी समूह समेत सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर मात्र निर्वाचन गर्नुपर्ने भन्दै आन्दोलनमा होमिएपछि सरकारले राजनीतिक दलहरुसँग छलफल गर्न लागेको हो ।



तपाईको प्रतिक्रिया