Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारविप्लव समूहको काठमाडौंमा प्रदर्शन,सर्वपक्षीय अन्तरिम सरकारको माग

विप्लव समूहको काठमाडौंमा प्रदर्शन,सर्वपक्षीय अन्तरिम सरकारको माग


काठमाडौं :सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ । नेकपाले भृकुटीमण्डप क्षेत्रमा र्‍यालीसहित प्रदर्शन गरेको हो ।

उक्त पार्टीले भृकुटीमण्डपमा पुगेर प्रदर्शनसहित सभा गरिरहेको छ ।

सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गरिएको नेकपाले बताएको छ ।

 



तपाईको प्रतिक्रिया