Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारजेन-जीका मागहरू सम्बोधन नभए चुनाव हुन दिँदैनौं: सुदन गुरूङ

जेन-जीका मागहरू सम्बोधन नभए चुनाव हुन दिँदैनौं: सुदन गुरूङ


काठमाडौं: जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपालका संस्थापक सुदन गुरूङले जेनजीका माग पूरा नभए फागुन २१ को निर्वाचन हुन नदिने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश व्यक्त गर्दैै उनले जेनजीका मागहरु सम्बोधन नभए चुनाव हुन नदिने घोषणा गरेका हुन् ।

त्यस्तै उनले गृहमन्त्रीले जनताको भरोसा पूरा गर्न नसकेको बताउदै सरकार गठनको दुई महिना हुन लाग्दा सम्त कुनै हत्यारा भ्रष्टाचारीलाई कारवाही गर्न नसकेको आरोप लगाउँदै आलोचना गरेका छन्।

गुरूङले भ्रामक समाचार मार्फत् आफ्नो अपमान र चरित्र हत्या भएको र त्यसलाई आफू सहेर बसेको उल्लेख गरेका छन्।



तपाईको प्रतिक्रिया