Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचार“विप्लवले गर्न नसकेको काम जेनजीले गर्यो”

“विप्लवले गर्न नसकेको काम जेनजीले गर्यो”


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वाधीनता संकटमा रहेको बताएका छन्।

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौंमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले राजनीतिक दलहरूको दलाली र विदेशी हस्तक्षेपका कारण स्वाधीनता संकटमा पुगेको बताएका हुन्।

यस्तै विप्लवले जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिने खतरा बढेको समेत बताएका छन् ।

जनताको अवस्था परिवर्तनका लागि लडेको तर जनयुद्धबाट त्यो पार नलगेको भन्दै विप्लवले अहिले जेनजी विद्रोह पनि तुहिन खतरा बढेको बताए ।

उनले शासकको अहंकारले जेनजी विद्रोह विस्फोट भएको बताउदै जेनजी कुनै पार्टी नभएको बताउँदै विप्लवले पार्टीले गर्न नसकेको काम जेनजीले गरेको भन्दै सबैले धन्यवाद दिनुपर्ने बताए ।

जेनजी विद्रोहले मुलुक नयाँ मोडमा आइपुगेको बताउँदै उनले नेपालमा संसदीय व्यवस्था नराम्रोसँग असफल भएको बताए ।

भ्रष्टाचारको अन्त्य, संसदको विघटन, नयाँ संविधानको पुर्नलेखन, प्रत्यक्ष कार्यकारीको निर्वाचनको माग राख्दै जेनजीहरूले नारा लगाइरहँदा आफ्नो पार्टीले पनि पहिलो दिनदेखि नै समर्थन जनाएको उनले बताए ।

तर, आन्दोलनको दुई दिन पछि बनेको अन्तरिम सरकार हेर्दा जेनजी विद्रोह तुहिने खतरा देखिएको उनको आरोप छ ।

माओवादी जनयुद्ध पछिको परिवर्तनलाई दलालहरूले कब्जा गरेको भन्दै विप्लवले जेनजी विद्रोहपछिको नेपाललाई विदेशी दलालले कब्जा गर्न खोजेको आरोप लगाए ।

जेनजी विद्रोहपछिको अवस्थामा पनि राज्य संयन्त्र प्रयोग गरेर मुलुकमा केही हुँदैन भन्ने भ्रम फिजाँउन खोजिएको उनको दाबी छ । जेनजी युवाहरूलाई व्यवस्थित भएर लड्न विप्लवको आग्रह छ ।



तपाईको प्रतिक्रिया