“विप्लवले गर्न नसकेको काम जेनजीले गर्यो”
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वाधीनता संकटमा रहेको बताएका छन्।
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौंमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले राजनीतिक दलहरूको दलाली र विदेशी हस्तक्षेपका कारण स्वाधीनता संकटमा पुगेको बताएका हुन्।
यस्तै विप्लवले जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिने खतरा बढेको समेत बताएका छन् ।
जनताको अवस्था परिवर्तनका लागि लडेको तर जनयुद्धबाट त्यो पार नलगेको भन्दै विप्लवले अहिले जेनजी विद्रोह पनि तुहिन खतरा बढेको बताए ।
उनले शासकको अहंकारले जेनजी विद्रोह विस्फोट भएको बताउदै जेनजी कुनै पार्टी नभएको बताउँदै विप्लवले पार्टीले गर्न नसकेको काम जेनजीले गरेको भन्दै सबैले धन्यवाद दिनुपर्ने बताए ।
जेनजी विद्रोहले मुलुक नयाँ मोडमा आइपुगेको बताउँदै उनले नेपालमा संसदीय व्यवस्था नराम्रोसँग असफल भएको बताए ।
भ्रष्टाचारको अन्त्य, संसदको विघटन, नयाँ संविधानको पुर्नलेखन, प्रत्यक्ष कार्यकारीको निर्वाचनको माग राख्दै जेनजीहरूले नारा लगाइरहँदा आफ्नो पार्टीले पनि पहिलो दिनदेखि नै समर्थन जनाएको उनले बताए ।
तर, आन्दोलनको दुई दिन पछि बनेको अन्तरिम सरकार हेर्दा जेनजी विद्रोह तुहिने खतरा देखिएको उनको आरोप छ ।
माओवादी जनयुद्ध पछिको परिवर्तनलाई दलालहरूले कब्जा गरेको भन्दै विप्लवले जेनजी विद्रोहपछिको नेपाललाई विदेशी दलालले कब्जा गर्न खोजेको आरोप लगाए ।
जेनजी विद्रोहपछिको अवस्थामा पनि राज्य संयन्त्र प्रयोग गरेर मुलुकमा केही हुँदैन भन्ने भ्रम फिजाँउन खोजिएको उनको दाबी छ । जेनजी युवाहरूलाई व्यवस्थित भएर लड्न विप्लवको आग्रह छ ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया