Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठखेलकुदविश्वकपको फाइनल खेल भारतको अहमदाबादमा हुने

विश्वकपको फाइनल खेल भारतको अहमदाबादमा हुने


काठमाडौ: भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि आईसीसीले भारतका पाँच खेल मैदान र श्रीलङ्काका दुई मैदान शर्टलिस्ट गरेको छ । भारतका पाँच सहरहरू अहमदाबाद, दिल्ली, कोलकाता, चेन्नई र मुम्बई तथा श्रीलङ्काको कोलम्बो र क्यान्डीमा खेल हुने तय गरिएको हो ।

आउँदो फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने प्रतियोगिताको फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुने तय भएको छ । तर पाकिस्तान फाइनलमा पुगेमा यो खेल श्रीलङ्कामा हुनेछ । भारत र पाकिस्तानबीच सहमति अनुसार उनीहरू एकअर्काको देशमा तटस्थ मैदानमा मात्र खेल्नेछन् । विश्वकपमा २० टिम सहभागी हुनेछन् । एशियाबाट नेपाल, ओमान र युएई छनोट भएका छन् ।



तपाईको प्रतिक्रिया