Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारपूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै, आजै शपथ

पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै, आजै शपथ


काठमाडौँ । नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

उनको आजै शपथ ग्रहणको तयारी भइरहेको छ । प्रधान सेनापति बन्न नपाएका शर्मा त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका पूर्व जर्नेल हुन् । माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्र मात्र होइनन्, कोभिड संकटको बेला सीसीएमसीमा समेत काम गरेका थिए ।

आजै दिउँसो २ बजे उनलाई मन्त्री पदको शपथ खुवाउने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ । शर्माको नियुक्तिसँगै प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्‌ १५ सदस्यीय बन्नेछ । अझै रक्षा र खानेपानी मन्त्रालय प्रधानमन्त्री कार्कीकै जिम्मेवारीमा छन् ।



तपाईको प्रतिक्रिया