जेनजी आन्दोलन प्रकरण: आइजिपी खापुङले बुझाए जाँचबुझ आयोगलाई स्पष्टीकरण
काठमाडौं: प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ २३ र २४ गते भएको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई स्पष्टीकरण बुझाएका छन्।
आयोगले आफ्नो कामकारबाहीमा बाधा पुर्याएको भन्दै आइजिपी खापुङलाई बुधबार २४ घन्टे स्पष्टीकरण सोधेको थियो।
आइजिपीले स्पष्टीकरण पठाइसकेको स्रोतले बतायो।
स्रोतका अनुसार जाँचबुझ आयोगले माग गरेको प्रहरीका विवरणसमेत प्रहरी प्रधान कार्यालयले आयोगलाई पठाइसकेको छ। विवरण ढिला पठाउने मनसाय नराखेको भन्ने बेहोरा उल्लेख गरिएको स्रोतले बताएको छ।
विवरण पठाएसँगै आयोगले बिहीबारदेखि प्रहरीको बयान सुरू गरेको छ। अहिले एक जना अधिकृतको बयान भएको छ। क्रमशः अरूको बयान लिने आयोगको तयारी छ।
जाँचबुझ आयोग गठन भएको केही समयमै भदौ २३ र २४ गते फिल्डमा को को खटिएका थिए भनेर प्रहरीसँग विवरण माग गरी पत्राचार गरिएको थियो।
पत्र आएको २२ दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले त्यसको विवरण उपलब्ध गराएको थिएन। त्यसपछि आयोगले पत्र लेखेर विवरणबारे सोध्यो।
जबाफमा आइजिपीदेखि जवानसम्म खटिएको भनिएको थियो।
प्रहरीले विस्तृत विवरण नपठाएपछि आइतबार जाँचबुझ आयोगले आइजिपी चन्द्रकुबेर खापुङकै नाममा २४ घन्टाभित्र जबाफ पठाउन भनेर प्रधान कार्यालयमा पत्र पठाएको थियो।
यसरी पत्राचार गरेपछि प्रधान कार्यालयले यसको विवरण काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग हुने र त्यहाँबाट विवरण उपलब्ध गराउन समय लाग्ने भनेर जबाफ फर्कायो।
प्रधान कार्यालयले नै उपलब्ध गराउनुपर्ने विवरण नदिएको भन्दै जाँचबुझ आयोगले बुधबार आइजिपी खापुङसँग स्पष्टीकरण सोधेको थियो।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया