जेनजी आन्दोलन प्रकरण: आइजिपी खापुङले बुझाए जाँचबुझ आयोगलाई स्पष्टीकरण
काठमाडौं: प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ २३ र २४ गते भएको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई स्पष्टीकरण बुझाएका छन्।
आयोगले आफ्नो कामकारबाहीमा बाधा पुर्याएको भन्दै आइजिपी खापुङलाई बुधबार २४ घन्टे स्पष्टीकरण सोधेको थियो।
आइजिपीले स्पष्टीकरण पठाइसकेको स्रोतले बतायो।
स्रोतका अनुसार जाँचबुझ आयोगले माग गरेको प्रहरीका विवरणसमेत प्रहरी प्रधान कार्यालयले आयोगलाई पठाइसकेको छ। विवरण ढिला पठाउने मनसाय नराखेको भन्ने बेहोरा उल्लेख गरिएको स्रोतले बताएको छ।
विवरण पठाएसँगै आयोगले बिहीबारदेखि प्रहरीको बयान सुरू गरेको छ। अहिले एक जना अधिकृतको बयान भएको छ। क्रमशः अरूको बयान लिने आयोगको तयारी छ।
जाँचबुझ आयोग गठन भएको केही समयमै भदौ २३ र २४ गते फिल्डमा को को खटिएका थिए भनेर प्रहरीसँग विवरण माग गरी पत्राचार गरिएको थियो।
पत्र आएको २२ दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले त्यसको विवरण उपलब्ध गराएको थिएन। त्यसपछि आयोगले पत्र लेखेर विवरणबारे सोध्यो।
जबाफमा आइजिपीदेखि जवानसम्म खटिएको भनिएको थियो।
प्रहरीले विस्तृत विवरण नपठाएपछि आइतबार जाँचबुझ आयोगले आइजिपी चन्द्रकुबेर खापुङकै नाममा २४ घन्टाभित्र जबाफ पठाउन भनेर प्रधान कार्यालयमा पत्र पठाएको थियो।
यसरी पत्राचार गरेपछि प्रधान कार्यालयले यसको विवरण काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग हुने र त्यहाँबाट विवरण उपलब्ध गराउन समय लाग्ने भनेर जबाफ फर्कायो।
प्रधान कार्यालयले नै उपलब्ध गराउनुपर्ने विवरण नदिएको भन्दै जाँचबुझ आयोगले बुधबार आइजिपी खापुङसँग स्पष्टीकरण सोधेको थियो।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया