Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारभियतनाममा टाइफुन काल्मेगी आँधी,तीन जनाको मृत्यु

भियतनाममा टाइफुन काल्मेगी आँधी,तीन जनाको मृत्यु


एजेन्सी:  टाइफुन काल्मेगी आँधीले फिलिपिन्सपछि भियतनाममा ठूलो क्षति पुर्याएको छ । हिजो भियतनाममा प्रवेश गरेको आँधीले तीन जनाको ज्यान गएको र सयौँ घर भत्किएका छन् । ठूलो संख्यामा मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ ।

भियतनामले झन्डै दुई लाख ६० हजार सैनिक र उद्धारकर्मी परिचालन गरेको छ । धेरै ठाउँमा बिजुली काटिएको र सडकहरू अवरुद्ध भएका छन् । यसअघि पनि भियतनाममा रेकर्ड वर्षाले ५० जनाको ज्यान लिएको थियो ।

अहिले आँधी कमजोर हुँदै क्याम्बोडिया र लाओसतर्फ गइरहेको खबरमा उल्लेख छ ।



तपाईको प्रतिक्रिया