Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारप्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार,फागुन ४ देखि १८ सम्म प्रचारप्रसार अवधि

प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार,फागुन ४ देखि १८ सम्म प्रचारप्रसार अवधि


काठमाडौं: प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्ययोजना तयार पारेको छ । फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्ययोजना तयार पारेको हो ।

निर्वाचन आयोगको कार्ययोजना अनुसार फागुन १२ गतेभित्र मतपत्र जिल्ला सदरमुकाम पुगिसक्नेछन् । त्यसपछि जिल्लाका मतदान केन्द्रमा पठाइनेछ । निर्वाचन आयोगले राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा निर्वाचन पूर्वतयारीको अवस्था र आगामी कार्यक्रमबारे जानकारी दिएको हो ।आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र सचिवले संसदीय समितिलाई निर्वाचनको तयारीबारे जानकारी दिएको हो । आयोगले निर्वाचनको प्रचार(प्रसारका लागि १४ दिनको समय निर्धारण गरेको छ । आयोगका अनुसार निर्वाचन प्रचार(प्रसार अवधि फागुन ४ देखि १८ सम्म मात्रै रहनेछ । त्यसपछि मौन अवधि सुरु हुनेछ ।

यस्तो छ निर्वाचन आयोगको कार्ययोजना:



तपाईको प्रतिक्रिया