‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय
चितवन । पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट एण्ड रन) का घटना बढ्दै गएका छन् । सवारीसाधनको चाप बढेसँगै दुर्घटना गराएर भाग्ने प्रवृत्ति पनि बढेको प्रहरीको भनाइ छ ।
यस्तो अवस्थामा दुर्घटनापछि चालकले पूरा गर्नुपर्ने कर्तव्यबारे जनचेतना आवश्यक देखिएकाले सचेतनामूलक अभियान सञ्चालनको तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार ‘हिट एण्ड रन’ गर्नु चालकको गम्भीर लापरबाही हो । यस्तो घटनालाई प्रहरीले नछाड्ने र चालक भागेमा खेजेर कानुनी दायरामा ल्याउने गरिएको उनले बताए ।
प्रमुख प्रहरी उपरीक्षक पुरीले भने, “हिट एण्ड रनका घटना भएमा प्रहरीले जसरी पनि पत्ता लगाएर कारबाही अघि बढाउँछ । ठक्कर दिएर चालक भागेमा को पनि उम्कन पाएका छैनन् र पाउँदैनन् । प्रहरीले कानुनी कारबाही अवश्य गर्छ ।”
उनका अनुसार गत साउनयता जिल्लामा १५ वटा हिट एण्ड रनका घटना दर्ता भएका छन् ।“चितवन देशको मध्य भागमा पर्ने सहर हो । पूर्व–पश्चिम राजमार्ग र काठमाडौँ प्रवेश गर्ने मुख्य सडक यहीँ भएर जाने भएकाले यहाँ सवारीको चाप बढी हुन्छ ।” उनले भने ।
सवारीसाधनको आवागमन बढी हुने भएकाले दुर्घटना पनि तुलनात्मक रूपमा बढी हुने उनले बताए ।
प्रमुख पुरीका अनुसार जिल्लामा प्रहरी हिट एण्ड रनका घटनालाई नियन्त्रण गर्न विशेष संयन्त्र बनाएर काम गर्दै आइएको छ ।
उनले थपे, “राजमार्गमा ठक्कर दिएर भाग्ने प्रवृत्ति देखिन्छ भने भित्री सडकमा पनि यस्ता घटना केही कम हुने गरेका छन् । साउनयता भएका १५ वटै घटनाको प्रहरीले पहिचान गरिसकेको छ ।”
प्रमुख प्रहरी उपरीक्षक पुरीले केही समयअघि एक हिट एण्ड रनको घटनाको वास्तविकता ४९ दिनपछि पत्ता लगाई कानुनी कारबाही अघि बढाइएको उदाहरणसमेत प्रस्तुत गरे ।
दुर्घटना गराएर भाग्नुले समस्या झन् जटिल हुने उल्लेख गर्दै उनले भने, “दुर्घटना गरेपछि भागेँ भने बचिहाल्छु, कारबाही हुँदैन भन्ने सोच गलत हो । सवारी चालकले यस्तो सोच सच्याउन जरुरी छ ।”
दुर्घटना भएको खण्डमा तुरुन्तै प्रहरीलाई जानकारी गराई आत्मसर्मपण गर्नुपर्ने उनको सुझाव छ । चालकले आफ्नो कमजोरी वा गल्ती स्पष्ट रूपमा प्रहरीलाई बताउनुपर्नेमा उनले जोड दिए। दुर्घटनाको जानकारी तत्काल प्रहरीलाई गराएमा समस्या कम हुने, घाइतेको उपचार छिटो हुने, ज्यान जोगिन सक्ने र कानुनी प्रक्रियासमेत सहज हुने उनले बताए।
हिट एण्ड रन गरेर फरार भएमा झन् कडा कारबाही हुनसक्ने विषयका बारेमा पनि प्रमुख प्रहरी उपरीक्षक पुरीले स्पष्ट पारे । जिल्ला प्रहरी कार्यालय चितवनले यस्ता हिट एण्ड रनका घटना दोहोरिन नदिन विशेष सतर्कता अपनाएर काम गरिरहेको उनले बताए ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया