Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारकेपी ओलीको तर्क: प्रतिनिधिसभा विघटन असंवैधानिक,अदालतले पुनःस्थापन नगरे राष्ट्रपतिले गर्नुपर्छ

केपी ओलीको तर्क: प्रतिनिधिसभा विघटन असंवैधानिक,अदालतले पुनःस्थापन नगरे राष्ट्रपतिले गर्नुपर्छ


काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने बताएका छन्।

शुक्रवार काठमाडौँमा आयोजित बुद्धिजीविहरूसँगको भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेकाले पुनःस्थापना पनि उनी आफैँले गर्नुपर्ने तर्क गरे।

अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना अदालतले गरेन भने राष्ट्रपतिले गर्नुको विकल्प नरहेको जिकिर गरे। उनले प्रतिनिधिसभा पुनःस्थापनाको आफ्नो पार्टीको माग सत्य भएको जिकीर गर्दै त्यसको पक्षमा आम नेपाली जनता उभिनुपर्ने समेत बताए।

अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर आन्दोलनमा उत्रन पनि सबैलाई आह्वान गरे। उनले वर्तमान सरकार असंवैधानिक भएकाले यसको कुनै हैसियत नभएको पनि दोहो¥याए।



तपाईको प्रतिक्रिया