Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारबोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान


काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति भएका सहायकरथीत्रय रामसुन्दर बोहोरा, भुवन खत्री र प्राविधिक धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा उनीहरू तीनै जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका एक महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका पाँच जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।



तपाईको प्रतिक्रिया