जाँचबुझ आयोगले बयानका लागि बालेनलाई बोलायो
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहबालेन लाई बयानका लागि बोलाएको छ।
आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखक, जेनजी प्रतिनिधि सुदन गुरुङ, पुरुषोत्तम यादव लगायतको बयान लिइसकेको छ। मेयर शाह मात्रै बाँकी रहेकाले उनलाई बयानमा बोलाइएको हो।
उनको बयानका लागि आयोगले औपचारिक बोलावट पठाएको बालेनका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिएका छन्।
भदौ २३ र २४ को आन्दोलनका बेला मेयर शाहले अप्रत्यक्ष रूपमा सहयोग गरेका थिए। भदौ २३ को आन्दोलनमा काठमाडौँ महानगरले पानी वितरणको व्यवस्था गरेको थियो।
त्यसैगरी, भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेको जानकारी सार्वजनिक भएपछि उनले फेसबुकमार्फत जेनजीलाई आन्दोलनबाट फर्किन आह्वान गरेका थिए।
साथै, नयाँ सरकार गठनको सन्दर्भमा उनले जेनजीहरुलाई सेनासँग वार्ता गर्न र प्रतिनिधि सभा विघटनको सर्त राख्न आग्रह गरेका थिए। वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गर्नमा पनि उनकै हात रहेको बताइन्छ ।
जेनजी आन्दोलनका घटनाबारे छानबिन तीव्र बन्दै जाँदा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि अनुसन्धानको केन्द्रमा परेका छन्।
एकातर्फ, जाँचबुझ आयोगले ओलीलाई औपचारिक बयानका लागि पत्र पठाइसकेको छ। अर्कोतर्फ, राष्ट्रिय मानवअधिकार आयोगले समेत ओलीसँग प्रत्यक्ष बयान लिइसकेको छ।
सुरुमा आयोगले तीन महिनाको समय पाएको थियो। तर काम पूरा नहुँदा एक महिना थप समय दिएको छ। आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। मानवअधिकार आयोगले पनि भदौ २३ र २४ का घटनाबारे विस्तृत अध्ययन गर्दै आएको छ। आन्दोलनका क्रममा राज्य पक्षको कदम, सुरक्षा व्यवस्थापन र त्यसले पारेको प्रभावको विश्लेषण भइरहेको छ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया