राष्ट्रिय सभा अध्यक्षको दाबी: लुटिएका हतियार र फरार कैदी निर्वाचनका लागि बाधक
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र शीर्ष नेताहरूबीच देखिएको ग्यापले आगामी फागुन २१ गते तोकिएको निर्वाचन तयारीमा जटिलता थप्नसक्ने आशंका व्यक्त गरेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा उनले यस्तो बताएका हुन् । आगामी निर्वाचनका तयारीका सन्दर्भमा सरकार र प्रमुख राजनीतिक दलहरूबीच अपेक्षित सहकार्य नदेखिएको उनको भनाइ छ । निर्वाचन जस्तो संवैधानिक प्रक्रियामा राजनीतिक दलहरूको सक्रियता र सहकार्य अपरिहार्य भएपनि अहिले त्यस्तो वातावरण बन्न नसकेको उनले बताए ।
उनले २०६९ सालमा खिलराज रेग्मीको नेतृत्वमा बनेको चुनावी सरकारले निर्वाचन गराउनसक्ने अहिले किन नसक्ने भन्ने प्रश्न उठेपनि त्यो बेला र अहिले फरक परिस्थिति रहेको बताए । त्यसबेला राजनीतिक दलहरूको सहमतिमा बनेको सरकार भएकाले निर्वाचन आयोग र सरकारलाई काम गर्न सहज भएको उनले स्मरण गरे।
तर अहिले मुख्य दलका नेताहरू निर्वाचनको माहौल बनाउन त्यति संलग्न नभएको उनले बताए। अध्यक्ष दाहालले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरूको सक्रिय सहभागिता बिना निष्पक्ष निर्वाचन सम्भव नहुने बताउँदै दल र सरकारले दायित्व पूरा गर्नुपर्ने आवश्यकता औंल्याए।
अध्यक्ष दाहालले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र जेल ब्रेक गरेर भागेका कैदीहरु पनि निर्वाचनको लागि अर्को जटिल पक्ष भएको बताए। सरकारले निर्वाचन गराउन उचित वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया