मधेश सरकारमा उथलपुथल,नयाँ मुख्यमन्त्रीमा यादव नियुक्त
मधेश सरकारमा उथलपुथल,नयाँ मुख्यमन्त्रीमा यादव नियुक्
काठमाडौं: मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा सरोज कुमार यादवलाई नियुक्त गरिएको छ ।
यादवलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिबास सिन्धुलीको सिमानास्थित बर्दिबास ३ कालापानी पानस कटेजमा नियुक्तिपत्र प्रदान गर्नुभएको हो ।
संविधानको धारा १६८(३) बमोजिम संसद्को ठुलो दलको हैसियतले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदमा मा नियुक्त गरिएको छ ।
मधेश प्रदेशको मुख्यमन्त्री यादवलाई पानस होटल बर्दिवासमा चयन गरि सपथ ग्रहण समेत गराइएको छ । होटलमै एमाले सांसद लखन दास तत्मा, नेपाल सङ्घीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी र राप्रपाकी सांसद कन्चन बिच्छालाई विना विभागीय मन्त्रीको शपथ पनि गराइएको छ ।
प्रदेश प्रमुख भण्डारी बिरामीको कारण देखाउँदै रातारात जनकपुरबाट काठमाडौँका लागि हिँड्नु भएको थियो । उहाँ बिरामी भएको थाहा पाएर मधेश भवनबाट बाहिरिदा कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलले फुलको गुच्छा दिएर सोमवार बिहानै ४ बजे बिदाइ गर्नुभएको थियो ।
यता प्रदेश प्रमुख भण्डारी बाटोमा बर्दिवासको कालापानी स्थित होटल पानस कटेजमा सोमबार बिहान ५ बजेर २० मिनेटमा यादवलाई मुख्यमन्त्री पदको नियुक्ती र शपथ समेत गराउनु भएको हो ।
विश्वासको मत नपाउने भएपछि कात्तिक २२ गते मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया