ग्लोबल छनोटअघिको अभ्यास खेलमा स्कटल्यान्डसँग नेपाल पराजित
काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो ।
नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन बनाइन् । त्यसैगरी कविता कुँवरले अविजित २९ रन जोड्दा कप्तान इन्दु बर्माले २८ तथा कविता जोशीले २२ रन बनाइन् ।
स्कटल्यान्डका लागि डार्शी कार्टरले तीन विकेट लिइन् भने क्याथरिन ब्रिस, ओलिभिया बेल र चोल अबेलले समान एकरएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । उसका लागि क्याथरिन ब्रिसले २८ बलमा अविजित ६२ रन बनाइन् । त्यस्तै प्रियानाज चटर्जीले अविजित ४० रन बनाइन् ।
नेपालका लागि रुबिना क्षेत्री र कविता कुँवरले समान दुई/दुई विकेट लिइन् भने रिया शर्मा र रचना चौधरीले समान एक/एक विकेट लिए ।
ताजा अपडेट
- गोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा
- दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
- नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन
- सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल
- ग्लोबल छनोटअघिको अभ्यास खेलमा स्कटल्यान्डसँग नेपाल पराजित
- झुम्का कारागारबाट फरार खरेल बम काण्डमा पक्राउ
- निर्वाचन केन्द्रित बन्दै एमाले, जनसंगठनलाई जनमत सिर्जनामा लाग्न निर्देशन
- विवाद चुलिएपछि खेलकुद मन्त्री गुप्ताले स्थगित गरे अमेरिका भ्रमण
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- बैतडीबाट एमालेका दामोदर भण्डारी एकल सिफारिस
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- आज १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस, विभिन्न कार्यक्रम मनाइँदै
- प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज सिंहदरबारमा वार्ता
- नेपाललाई युक्रेन बनाउने षड्यन्त्र भइरहेको झलनाथको चिन्ता, सबै कम्युनिस्ट एक हुन् आह्वान
- गरिबीले रोक्न नसकेको सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना


तपाईको प्रतिक्रिया