Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारएमालेले बोलायो सांसदहरूको बैठक, प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्चमा रिट दिने तयारी

एमालेले बोलायो सांसदहरूको बैठक, प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्चमा रिट दिने तयारी


काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधिसभामा रहेका सांसदहरूको बैठक बोलाएको छ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरिरहेको एमालेले सांसदहरूको बैठक बोलाएको हो ।

विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मुलुकको राजनीतिक परिस्थितिका बारेमा छलफल गर्नका लागि आगामी मंसिर २ गते विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक बोलाइएको हो । ुमुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले संसदीय दलको बैठक आयोजना गरिएको छ,ु बर्तौलाले भने ।

प्रतिनिधिसभा विघटनका सम्बन्धमा केन्द्रीय समितिलाई दबाब दिनका लागि कांग्रेसका सांसदले पनि हस्ताक्षर संकलन गरिरहेका छन् ।

जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएसँगै भदौ २७ मा प्रतिनिधिसभा विघटन गरिएको थियो । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ मा चुनावको घोषणा गरिएको छ ।

प्रतिनिधिसभा विघटन र सुशीला कार्की प्रधानमन्त्री नियुक्त संविधान विपरीत भन्दै सर्वोच्च अदालतमा १७ रिट निवेदन परेका छन् । ती रिट निवेदनमा प्रतिनिधिसभा पुनःस्थापनाको माग गरिएको छ ।

 



तपाईको प्रतिक्रिया