Techie IT
  • बिहीबार, माघ १, २०८२ / Thursday, January 15, 2026
गृहपृष्ठमुख्य समाचारनेकपासँग उज्यालो नेपालको एकता हुँदैन: कुलमान घिसिङ

नेकपासँग उज्यालो नेपालको एकता हुँदैन: कुलमान घिसिङ


काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी अर्को कुनै पनि दलसँग एकीकरण हुने हल्ला भ्रामक र असत्य भएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत घिसिङले भनेका छन् कि उनका नाम र पार्टीलाई जोडेर नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुने प्रचार पूर्ण रूपमा निराधार हो। बजारमा फैलिएका यस्ता हल्लामा कुनै सत्यता छैन।

घिसिङका अनुसार, उज्यालो नेपाल पार्टी स्वतन्त्र रूपमा आफ्नै नीति, सिद्धान्त र कार्यक्रम अनुसार अघि बढिरहेको छ र भविष्यमा पनि सोही बाटो अवलम्बन गर्नेछ। उनले सबैलाई निराधार र भ्रम फैलाउने समाचारमा विश्वास नगर्न आग्रह समेत गरेका छन्।



तपाईको प्रतिक्रिया