भीम रावल प्रचण्ड र माधव नेपालको पार्टीमा प्रवेश गर्दै
काठमाडौं । आगामी कात्तिक २६ गते तत्कालिन नेकपा एमालेबाट अलग भइ नयाँ कम्युनिस्ट समूह निमार्ण गरेका भीम रावल नव गठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।
रावल नेतृत्वको मातृभूमि जागरण अभियानको समूहनै कात्तिक २६ गते दिउँसो राष्ट्रियसभागृहमा एक विशेष कार्यक्रम गरी समाहित हुने भएको हो ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहसंयोजक माधव कुमार नेपाल र भीम रावललगायतको छलफलमाबाट रावल समूह नेपाली कम्युनिस्ट पार्टीसँग समाहित भएर एकतामा आउन हुन तयार भएको स्रोतको भनाइ छ ।
मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका नेता रावल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले अलग भएका थिए । अलग भएपछि रावलले राष्ट्रको स्वाभिमान, राष्ट्रिय हित र सार्वभौमिकता सम्बन्धी राष्ट्रवादी अभियानमा चलाइरहेका थिए । रावलको नारा थियो“राष्ट्रको स्वाभिमानमा सम्झौता हुँदैन ।”
उनको बुझाइमा राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता नेपालको मूल धरोहर हो । भारतसँगको सीमासम्बन्धी विवाद लिपुलेक, कालापानी, लिम्पियाधुरामा कडा राष्ट्रिय आवाज उठाउने एक नेतामा पर्दछन् ।
तत्कालिन नेकपा विघटन भएपछि एमाले भित्र केपी ओलीको एकल नेतृत्व र असहमतिप्रति असम्झदारी राख्ने, वैचारिक विचलन र समाजवादी दिशाको कमजोर एको टिप्पणी गर्ने, एमालेमा पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभाव देख्ने, नयाँ राजनीतिक विकल्प खोज्ने रावलको चिनारी थियो । त्यही कारणले नै एमालेले अलग भएर छुट्टै समूह निर्माण गरि मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका थिए ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया