Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारबलिउड अभिनेता धर्मेन्द्रको निधन,फिल्म उद्योगलाई ठूलो धक्का

बलिउड अभिनेता धर्मेन्द्रको निधन,फिल्म उद्योगलाई ठूलो धक्का


एजेन्सी । दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

भारतीय सञ्चारमाध्यमले मंगलबार बिहान उनको निधनको समाचार लेखेका छन् ।

स्वास्थ्य बिग्रँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । देओल परिवार निकट स्रोतका अनुसार धर्मेन्द्रका छोरीहरूलाई निधनपछि विदेशबाट मुम्बई बोलाइएको छ ।

सोमबार राती सनी देओल अस्पताल बाहिर धेरै भावुक देखिएका । बबी देओल पनि ‘अल्फा’ को छायांकन छोडेर आफ्नो बुबालाई भेट्न मुम्बई फर्किएका थिए ।

सोमबार राति अबेर शाहरुख खान र सलमान खान लगायत धेरै बलिउड सेलिब्रेटीहरू ब्रीच क्यान्डी अस्पताल पुगेका थिए ।

यी दिग्गज बलिउड स्टारको निधनको खबरसँगै बलिउड मात्र नभई सम्पूर्ण भारतीय फिल्म उद्योगलाई ठूलो धक्का लागेको छ ।

नोभेम्बर १० भन्दा पहिले पनि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनलाई त्यतिबेला आईसीयूमा राखिएको थियो । स्वास्थ्यमा सुधार आएपछि केही घण्टामै उनलाई डिस्चार्ज गरियो ।

 

 



तपाईको प्रतिक्रिया