गृहमन्त्रीले भने–सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैन
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालबाट भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु नपर्ने बताएका छन् ।
काठमाडौंको भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर उनले त्यहाँ कार्यरत कर्मचारीलाई कानुनविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउन उच्च अधिकारी वा निकायको आदेशको प्रतीक्षा गर्नु नपर्ने बताएका हुन् ।
गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत हुनसक्ने अमर्यादित तथा कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार तथा सूचनाको सूक्ष्म ढंगले अनुगमन गर्न निर्देशन दिए ।
साथै उनले मिथ्या सूचना प्रवाह गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै निर्वाचनलाई दृष्टिगत गरी ब्युरोलाई अझ सक्रिय हुन निर्देशन दिए ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया