प्रतिनिधिसभा निर्वाचनः तनहुँ–२ मा पुराना दललाई नयाँको चुनौती
तनहुँ जिल्लामा हाल दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। तीमध्ये तनहुँ क्षेत्र नम्बर २ साबिकदेखि नै वामपन्थी दलहरूको प्रभाव रहेको क्षेत्रका रूपमा चिनिन्छ।
यस निर्वाचन क्षेत्रमा म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका तथा व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ पर्दछन्। जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार यस क्षेत्रमा एक लाख २७ हजार ५१५ मतदाता रहेका छन् भने १५६ मतदान केन्द्र तोकिएका छन्।
विसं २०४८ यता भएका संसदीय निर्वाचनमा यस क्षेत्रबाट पाँचपटक नेकपा ९एमाले० र दुईपटक नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
२०४८ मा किरण गुरुङ, २०५१ मा अमरराज कैनी, २०५६ मा टुकराज सिग्देल, २०६४ मा पुनः किरण गुरुङ, २०७० मा टुकराज सिग्देल, २०७४ मा केदार सिग्देल र २०७९ मा नेपाली कांग्रेसका शङ्कर भण्डारी निर्वाचित भएका थियो।
यसपटकको निर्वाचनमा भने नयाँ दलहरूको समेत सहभागिताले प्रतिस्पर्धा थप चर्किएको छ। निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।
नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका शङ्कर भण्डारीले तत्कालीन नेकपा ९माओवादी केन्द्र०सँगको गठबन्धनबाट ३० हजार ६०४ मत प्राप्त गरी विजयी हुनुभएको थियो। त्यस्तै नेकपा ९एमाले० का किरण गुरुङले २५ हजार १३०, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार ३७३ र राप्रपाका नरेन्द्रप्रताप महतले एक हजार ४२१ मत प्राप्त गरेका थिए।
यसपटकको निर्वाचनमा मुख्य रूपमा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया