टी २० विश्वकप अन्तरगत आफ्नो दोस्रो खेलमा आज नेपाल इटलीविरुद्ध भिड्दै
काठमाडौं । टी २० विश्वकप अन्तरगत आफ्नो दोस्रो खेलमा आज नेपाल इटलीविरुद्ध भिड्दैछ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र इटली पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।इटलीको यो डेब्यू विश्वकप हो भने नेपाल तेस्रोपटक टी २० विश्वकप खेल्दैछ । अघिल्लो टी २० विश्वकपमा जितविहिन रहेको नेपाल यसपटक भने खाली हात फर्किन चाहँदैन ।
नेपालको समूहमा सबैभन्दा कमजोर आँकिएको प्रतिद्वन्द्वी इटली हो । त्यसैले आजको खेलमा नेपालले निश्चित जितसहित दुई अंक बटुल्ने आशा राखेको छ । यदि हारको सामना गर्नु परेमा त्यो एउटा ‘सेटब्याक’ हुनेछ ।टी २० विश्व वरीयतामा नेपाल १६औँ स्थानमा छ भने इटली २६ औँ स्थानमा । वरीयतामा तल रहे पनि इटलीलाई कम आँक्ने सुविधा भने नेपालसँग् छैन ।
यूरोप क्षेत्रीय छनोटमा स्कटल्याण्डलाई हराएर इटलीले विश्वकपमा स्थान बनाएको हो । इटलीको टीममा अष्ट्रेलिया, साउथ अफ्रिका, ईंग्ल्यान्ड, श्रीलंका, पाकिस्तानजस्ता टेस्ट राष्ट्रका खेलाडीहरू छन् । इटलीका कप्तान वेन म्याडेसन साउथ अफ्रिकाका खेलाडी हुन् । यद्यपि, आजको म्याचमा उनी चोटका कारण अनुपस्थित रहने छन् ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया