Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारमधेशमा आन्दोलन उग्र बन्दै,कांग्रेससहित ७ दलका सांसद सडकमा

मधेशमा आन्दोलन उग्र बन्दै,कांग्रेससहित ७ दलका सांसद सडकमा


काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध नेपाली कांग्रेससहित ७ राजनीतिक दलका सांसदहरूले मंगलबार विरोध प्रदर्शन शुरु गरेका छन्।

कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालसहितका ७ राजनीतिक दलका सांसदहरूले प्रदेश सभा भवन अगाडि धर्ना दिएका हुन् । ७ राजनीतिक दलहरुले धर्ना प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियालाई असंवैधानिक ठहराउँदै गरेका हुन् ।

धर्नामा सहभागी सांसदहरूले प्रदेश सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को उपधारा ३ विपरीत भएको दावी गर्दै आएका छन् । उनीहरूले एमालेको नेतृत्वमा बनेको यो सरकारलाई अवैध सरकार भनेका छन् । धर्ना स्थलमा सांसदहरूले नारा लगाउँदै सरकारविरुद्ध तीव्र नाराबाजी गरेका छन् । यसैबीच, विरोधी दलहरूले कानूनी बाटोबाट पनि यो मुद्दालाई अगाडि बढाएका छन् ।

नेकपा एमाले बाहेकका दलहरूका ७४ जना प्रदेश सांसदहरूको हस्ताक्षरसहित सर्वोच्च अदालतमा सोमबार रिट निवेदन दर्ता गरिएको छ।

 



तपाईको प्रतिक्रिया