प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता,निर्वाचन विशेष छलफल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बुधबार दिउँसो प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेका हुन्। प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको बारेमा छलफल गरेका छन् ।
सोही छलफलमा निर्वाचन अयोगको तयारी, राजनीतिक दलहरुसँगको छलफल, राजनीतिक दल दर्ता र मतदाता नामावली दर्ता लगायतका विषयहरुमा प्रधानमन्त्री कार्कीले चासो राखेका थिए ।
यसअघि पनि मतदाता नामावली संकलनमा समस्या आइरहेको गुनासो आएसँगै प्रधानमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै मतदाता नामावली संकलन सहज बनाउन निर्देशन दिनुभएको थियो। आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम संकलन गर्न अब ४ दिन बाँकी छ। निर्वाचनको बारेमा राजनीतिक दलहरु सशंकित भइरहेको समयमा आयोगसँग प्रधानमन्त्री कार्कीले गर्नुभएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया