Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचाररवि लामिछानेको मुद्दाको आज सुनुवाइ हुँदै

रवि लामिछानेको मुद्दाको आज सुनुवाइ हुँदै


काठमाडौं । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी बिहीबार आजका लागि तोकिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासमा सुनुवाइ हुने अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । यसअघि २० कात्तिकको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो ।

गत बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासमा न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो । सुरु मिसिल प्राप्त भएपछि आजका लागि पेशी तोकिएको कुँवरले बताए ।

यसअघि १३ कात्तिकमा तोकिएको पेशी छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो ।



तपाईको प्रतिक्रिया