Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारजेन–जीका माग पूरा नभइकन निर्वाचन हुँदैन,अर्को आन्दोलन हुन्छ: सुदन गुरुङ

जेन–जीका माग पूरा नभइकन निर्वाचन हुँदैन,अर्को आन्दोलन हुन्छ: सुदन गुरुङ


काठमाडौं । जेन–जी प्रतिनिधि सुदन गुरुङले जेन–जीले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन् ।

बिहीवार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रा।लि।ले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुगेका उनले केही बाहेकका सबै जेन–जीहरु एक ठाउँमा रहेको भन्दै माग पूराहुनुपर्ने बताएका हुन् ।

जेन–जीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताएका छन् । जेन–जीका हरेक वार्ताहरुमा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्रीले दिएको भएपनि अहिले त्यसअनुसार काम नभइरहेको उनको भनाइ छ ।

आफूहरुका माग पूरा नभए गृहमन्त्रीले धोका दिनुभएको ठहर हुने भन्दै गृहमन्त्रीले जेन–जीका माग पूरा गर्न छोडेर निर्वाचनको रटान लगाएको सकेत उनको टिप्पणी छ ।



तपाईको प्रतिक्रिया