Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारउच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन

उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न निर्देशन दिएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८२र८३ मा सञ्चालित कार्यक्रमहरूको प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएकी हुन् । उनले क्षतिको एकीकृत विवरणको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार गर्न निर्देशन दिईन्।

चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र मातहतका निकायहरूको खर्च प्रतिशत सन्तोषजनक नदेखिएको भन्दै चालु आर्थिक वर्षको बाँकी अवधिमा सम्बन्धित सबै निकायका प्रमुखले आ–आफूले सम्पादन गर्नुपर्ने कार्यलाई प्राथमिकता दिन उनले निर्देशन दिईन्। आन्दोलनको समयमा भएको तोड्फोड र आगजनीबाट सार्वजनिक संरचना तथा सम्पतीमा भएको क्षतिको कारण लगायतबाट समीक्षा अवधिमा सम्पन्न गर्नुपर्ने कतिपय काम कारवाहीहरू समेत प्रभावित भएको उनको भनाइ छ।

जेनजी आन्दोलनको भावना र मर्म बमोजिम सेवाग्राहीमैत्री सेवा, जनआकांक्षा अनुरूप सेवाप्रवाह गर्न उच्च मनोवलका साथ चालु आर्थिक वर्षको लागि तय भएका निर्धारित लक्ष्यहरू हासिल गर्नेगरी कार्यसम्पादन गर्न समेत उनले निर्देशन दिईन्।



तपाईको प्रतिक्रिया