Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारप्रधानमन्त्री कार्कीको आग्रहमा मतदाता नामावली दर्ताको म्याद थप्ने तयारी

प्रधानमन्त्री कार्कीको आग्रहमा मतदाता नामावली दर्ताको म्याद थप्ने तयारी


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखेर म्याद थपका लागि निर्वाचन आयोगसँग आग्रह गरेकी छन्।

प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग शुक्रबार टेलिफोन संवाद गर्दै म्याद थपका लागि आग्रह गरेकी हुन्। यसको बारेमा आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी आयुक्त भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई दिएकी छन्।

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारदेखि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ। यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् ।



तपाईको प्रतिक्रिया