Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारहर्क साम्पाङले एमालेको गढबाट चुनाव लड्ने, मेयर पद त्याग्ने

हर्क साम्पाङले एमालेको गढबाट चुनाव लड्ने, मेयर पद त्याग्ने


काठमाडौं । धरानका मेयर हर्क साम्पाङले फागुन २१ को प्रतिनिधिसभा चुनावमा एमालेको गढबाट चुनाव लड्ने तयारी गरेका छन् । हर्क सुनसरी–१ बाट लड्ने तयारीमा जुटेका छन्।

२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरको मेयर बनेका साम्पाङले आफ्नै नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्।

उक्त पार्टी दर्तापछि मेयर साम्पाङ अब आफै चुनाव लड्छन् कि अरूलाई चुनाव उठाएर समर्थन मात्र गर्छन् भन्ने धेरैको चासोको विषय बनेको छ।

हामीले यसबारे मेयर साम्पाङका निकट सहयोगी तथा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य समिर तामाङसँग कुरा गर्दा उनले सुनसरी–१ बाट साम्पाङ प्रतिनिधिसभा चुनाव लड्ने जानकारी दिए।

राजनीतिक दल खोलेका मेयर साम्पाङ आउँदो प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्ने तयारी छ कि छैन भन्ने सेतोपाटीको प्रश्नमा केन्द्रीय सदस्य तामाङले भने, ुशतप्रतिशत लड्नुहुन्छ। उहाँ त्यसको तयारीमा जुटिसक्नुभएको छ।ु

श्रम संस्कृति पार्टीका महासचिव आरएन राईले पनि पार्टी अध्यक्षसमेत रहेका मेयर साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरिरहेको जानकारी दिए।



तपाईको प्रतिक्रिया