Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारपुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन

पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार समिक्षा बैठक बसेको थियो । छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले समीक्षासम्बन्धी प्रस्श्तुतीकरण दिए।

उनको प्रस्तुतिपछि छलफलमा सहभागी मन्त्री, सचिव तथा अन्य अधिकारीले आ–आफ्नो टिप्पणी र सुझाव राखेका थिए । छलफलमा सहभागी प्रधानमन्त्री सुशीला कार्कीले अहिलेसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले गति बढाएर काम गर्न सम्बन्धीत सबैमा निर्देशन दिए।

उनले पुँजीगत खर्च बढाउन निर्देशन दिए । पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली पनि परिवर्तन गर्नुपर्नेमा प्रधानमन्त्री कार्कीको जोड छ ।

 



तपाईको प्रतिक्रिया