चीनसँगको सीमा जोडिएको लप्चीगाउँमा भालु आतङ्क
दोलखा, ४ मङ्सिरः भालु आतङ्कबाट पीडित तिब्बतसँग सीमा जोडिएको बिगु गाउँपालिका–१ लप्चीगाउँका स्थानीय गाउँ छोड्नुपर्ने अवस्थामा पुगेका छन् । जङ्गली भालुको आतङ्कबाट मानिससहित पशुचौपाया जोगाउन हम्मेहम्मे परेकाले बाध्य भई थातथलो छोड्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय पासाङ छिरिङ शेर्पा बताउनुहुन्छ । उहाँका अनुसार मौसम असाध्यै चिसो भएको अवस्थामा घर भत्काउने, खाद्यान्न बाली नष्ट गर्ने र मानिस तथा पशुचौपायालाई आक्रमण गर्नेक्रम बढेकाले भालुको नियन्त्रणका लागि सम्बद्ध निकायको ध्यान जान आवश्यक छ ।
चिसोबाट बच्न र चौरी चरणका लागि हिउँदमा युवाहरू सोही वडाको लुम्नाङतर्फ झर्न थालेपछि घरमा बुढाबुढी मात्र बस्ने भएकाले लप्चीमा भालु र चितुवासमेतको बिगबिगी भएको स्थानीयको भनाइ छ । स्थानीय वाङ्छु शर्पाका अनुसार गाउँमा भएको जङ्गली जनावरको आक्रमणबाट उल्लेख्य सङ्ख्यामा चौरी र घोडा मरेपछि आर्थिक रूपमा ठूलो क्षति भएको, गाउँमा डर एवम् त्रासको वातावरण पैदा भएको, घरमा भण्डारण गरी राखेका खाद्यान्न खाइदिएपछि असहज परिस्थिति उत्पन्न भएको, मानिससमेत असुरक्षित हुने अवस्था सिर्जना भएकोले वाध्य भई गाउँ छाड्नुपर्ने अवस्था भएको छ ।
गाउँमा बढ्दो अवस्थामा रहेको भालु र चितुवा आतङ्क न्यूनीकरण तथा नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग उहाँले माग गर्नुभयो । चीन सरकारले तिब्बतसँगको नाका खुला गरिदिएपछि दोलखाको उत्तरीभेगस्थित लप्ची गाउँका स्थानीयले चौँरी, चौँरीको घ्यू, छुर्पी बिक्री गरी उताबाट ल्याएको खाद्यान्नसमेत खाइदिँदा गाउँमा बस्ने अवस्था नभएको विगु गाँउपालिका वडा नम्बर–१ लामाबगरका वडाअध्यक्ष मेमबहादुर तमाङ बताउनुहुन्छ । गौरीशङ्कर संरक्षण क्षेत्रभित्र पर्ने यस गाउँका स्थानीय बासिन्दाले नेपाली भाषा शुद्धसँग बोल्न नसक्ने अवस्था छ । गौरीशङ्कर संरक्षण क्षेत्रको कार्यलयमा भालु आतङ्कका बारेमा निबेदन दिएपनि सुनुवाइ नभएको स्थानियको गुनासो छ । विगुको वडा नम्बर–१ लप्चीमा ४६ घरधुरीसहित झण्डै १५० जनसङ्ख्या रहेको छ । उनीहरुमध्ये चौँरीपालन गर्ने १४ घरधुरीका बासिन्दा मङ्सिरदेखि चैत्रसम्म लुम्नाङतर्फ झर्ने गर्दछन् ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया