Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारकांग्रेस बैठक: दुबै निर्वाचनमा सहभागी हुने,महाधिवेशनमा अनियर्णित

कांग्रेस बैठक: दुबै निर्वाचनमा सहभागी हुने,महाधिवेशनमा अनियर्णित


काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनसम्बन्धी कुनै निर्णय बिना सकिएको छ । शनिबार सानेपामा बसेको बैठकले महाधिवेशनबारे छलफल गरे पनि निष्कर्ष निकाल्न सकेन।

बैठकले २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको हो । आज सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको हो।

बैठकका निर्णयहरू महामन्त्री गगनकुमार थापाले पढेर सुनाए । कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेको छ। तर यो विषय सर्वोच्च अदालतले नै टुङ्गो लगाउने भन्दै कांग्रेस केन्द्रीय समितिले आम निर्वाचनमा भाग लिने निर्णय गरेको हो।



तपाईको प्रतिक्रिया