Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Thursday, March 5, 2026
गृहपृष्ठमुख्य समाचारएभरेस्ट एफएमको रक्तदानमा १५१ युनिट रगत सङ्कलन

एभरेस्ट एफएमको रक्तदानमा १५१ युनिट रगत सङ्कलन


गण्डकी, ६ मङ्सिरः

एभरेस्ट मिडिया हाउस प्रालिद्वारा आज पोखरामा आयोजित बृहद् रक्तदान कार्यक्रममा १५१ युनिट रगत सङ्कलन भएको छ । प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा ‘म त रक्तदान गर्दैछु, तपाईं नि ?’ भन्ने नारासहित रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा आयोजित रक्तदानमा १२७ पुरुष र २४ जना महिलाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा १६ जना पहिलोका रक्तदातासमेत सहभागी भएको एभरेस्ट मिडिया हाउसले जनाएको छ ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका दुर्गाप्रसाद घोरासैनीले ५९औँ पटक, पोखरा नयाँबजारका शम्भुलाल श्रेष्ठले ५५औँ पटक, पोखरा–१४ का राजेश तण्डुकारले ५४औँ पटक रक्तदान गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्काले पहिलो रक्तदाता नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बराललाई ‘ब्लडब्याग’ हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्दै रक्तदान गरेर जीवन बचाउन सकिने बताउनुभयो ।

एभरेस्ट मिडिया हाउसका प्रमुख÷सम्पादक दीपेन्द्र श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै रक्तदानमा सहभागी सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बराललगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।



तपाईको प्रतिक्रिया