Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारविराटनगरमा महेश बस्नेत चढेको गाडीमा रङ छ्यापियो, दुई जना पक्राउ

विराटनगरमा महेश बस्नेत चढेको गाडीमा रङ छ्यापियो, दुई जना पक्राउ


मोरङ:
विराटनगर विमानस्थलमा नेकपा एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि दुर्व्यवहार गर्ने प्रयास भएको छ। इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरमार्फत आएको बेला प्रदर्शनकारीहरूले बस्नेत सवार गाडीमा बेलुनको लोला र रङ फालेका थिए। विरोधमा नाराबाजी समेत गरिएको थियो।

यस घटनामा संलग्न १९ वर्षीय अर्पित कुँवर र २५ वर्षीय संजोग गौतमलाई प्रहरीले पक्राउ गरेको छ। बस्नेत सुरक्षित रूपमा कार्यक्रमस्थल इटहरीतर्फ गईसकेका छन् र वर्तमान स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ। यसअघि पनि सिमरामा शंकर पोखरेल र बस्नेत विमानस्थलमा जेनजी समूहले प्रदर्शन गरेको थियो।



तपाईको प्रतिक्रिया